महेन्द्र बहुमुखी क्याम्पस, दाङ

महेन्द्र बहुमुखी क्याम्पस, दाङ

यस महेन्द्र बहुमुखी क्याम्पस दाङको स्थापना बि.सं. २०१५ साल माघ ९ गते भएको हो । यस्ले बि.सं. २०१६ असार २९ गते शिक्षा मन्त्रालयबाट उच्च शिक्षा अध्ययनका लागि स्विकृति प्राप्त गरेको हो । यस्तै बि.सं. २०१६ साल पुस १४ गते स्व. श्री ५ महेन्द्रबाट यस क्याम्पस भवनको शिलान्यास भएको हो । स्थापना कालमा पद्मोदय पब्लिक माध्यमिक बिद्यालय भरतपुरमा बिहानी सत्रमा त्यहीकै शिक्षकहरुबाट उच्च शिक्षाको पढाई हुने गरेको तथा त्यहीकै प्राचार्यले क्याम्पसको पनि प्राचार्यको काम गर्ने गर्नुभएको थियो । शुरुका दिनमा प.प.मा.बि.मा कक्षा सञ्चालन गरिएकोमा बि.सं. २०२५ सालमा तत्कालिन अञ्चलाधिस राम नारायण श्रेष्ठ, कलेज सञ्चालन समितिका सेक्रेटरी दामोदर शर्मा घिमिरे, सहायक सेक्रेटरी टेकनाथ गौतम, गजराज शर्मा अधिकारी, खगराज लोहनी र भुपेन्द्रश्वर श्रेष्ठ लगायतको पहलमा सरकारी अनुदान, जनसहयोग र स्थानीय शिक्षासेविहरुको सहयोगमा एक तले भवन निर्माण गरी बि.सं.२०२८ शालबाट आई.ए. तहको पढाई दिउसोको समयमा छुट्टै सञ्चालनमा आएको हो । बि.सं.२०३० सालमा देशभरका सबै क्याम्पसहरु त्रि.बि. अन्तर्गत गाभिने क्रममा यो आंगिक क्याम्पसका रुपमा गाभिएपछि क्याम्पसका शिक्षक कर्मचारीहरुको तलव खर्च त्रि.बि.ले व्यहोर्न थालेको हो ।