महेन्द्र बहुमुखी क्याम्पस, दाङ

शिक्षा सास्त्र संकाय

बि.सं. २०३३ सालको माघे सेमेष्टरदेखी शिक्षा सास्त्र अध्ययन संस्थान अन्तर्गत सेबाकालिन शिक्षकहरुका लागि बि लेभल कार्यक्रम शुरु गरिएको हो । सो कार्यक्रममा राप्तीका साथै लुम्बिनीको अर्घाखाची जिल्लाका छात्र शिक्षकहरुले तालिममा भाग लिने अबसर पाएका थिए । यो कार्यक्रम २०३६ सालसम्म मात्र सञ्चालनमा रहेर बन्द भएको थियो । बिसं २०६५ बाट तिनबर्षे बि.एड कार्यक्रम सञ्चालन गरिएकोमा हाल यो कार्यक्रम चारबर्षे शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालनमा छ । हाल शिक्षासास्त्र संकायमा स्वास्थ्य, जनसंख्या र नेपाली बिषयमा स्नातक तहको अध्यापन भईरहेको छ । साथै एक बर्षे बि.एड कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।