महेन्द्र बहुमुखी क्याम्पस, दाङ

व्यबस्थापन संकाय

यस क्याम्पसमा बि.सं. २०४४ सालबाट व्यबस्थापन संकायमा प्रबिणता प्रमाणपत्र तथा २०४६ सालबाट स्नातक तहको अध्यापन शुरु भएको हो । हाल यस संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर दुबै तहमा अध्यापन भईरहेको छ । बि.सं. २०७०÷७१ सालबाट व्यबस्थापन संकायमा एमबिएस कक्षा सञ्चालन भएको यस क्याम्पसमा बि.सं २०७४ फाल्गुन देखी व्यबस्थापन संकायको स्नातकोत्तर तह एम.बि.एस. सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालन भईरहेको छ ।
यस्तै २०७५ साउनमा बिबिए कार्यक्रम स्विकृती पाई २०७५ असोजबाट बिबिए कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालनमा आएको छ ।