बि.सं. २०३३ साउनबाट यस क्याम्पसमा मानबिकी तर्फ स्नातक तहको पढाई शुरु भएको हो । यस अघि २०२४ सालमा स्नातक तहमा १६ जना बिद्यार्थी भर्ना भई पढाई सञ्चालन भएपनि निरन्तरता नपाएका कारण स्थगित भएको थियो । हाल मानबिकी संकायमा स्नातक तहमा अंग्रजी, नेपाली, जनसंख्या, अर्थसास्त्र, भुगोल, गणित, राजनीतिसास्त्र, समाजसास्त्र, संस्कृति र ग्रामिण बिकास बिषयमा स्नातक तहको पढाई भईरहेको छ । यसैगरी स्नातकोत्तर तहमा राजनीतिसास्त्र, अंग्रेजी र नेपाली बिषयको पढाई भईरहेको छ । स्नातकोत्तर तर्फ बि.सं. २०५७ सालबाट राजनीतिसास्त्र, २०५८ सालबाट अंग्रेजी र बि.सं. २०६७ सालबाट नेपाली बिषयमा स्नातकोत्तर तहको पढाई भईरहेको छ ।
मानबिकी संकाय (स्नातक तह बिषय अनुसार)
महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्नातक तहमा बिद्यार्थी भर्ना संख्या २०७७ मंसिर १५ सम्म